नेपाल फुटबल लिगको घोषणा, फागुन १ देखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फूटबल संघ(एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनमा रहेको अवस्थामा नयाँ फुटबल प्रतियोगिता नेपाल फुटबल लिग (एनएफएल) को घोषणा गरिएको छ ।

शुक्रबार घोषणा गरिएको लिग आगामी फागुन १ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुँदै आएका सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसी सहभागी हुनेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको संख्या थपिन सक्नेछ । चार महिनासम्म सञ्चालन हुने लिगले नेपाली फुटबलमा नयाँ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *