एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले शानदार पुनरागमन जित निकालेको छ । बुधबार राति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले रोमालाई ४-३ गोलले पराजित गरेको हो ।
इस्टाडियो ओलम्पिकोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे, कार्लोस इस्पी, एन्ड्रिक र एन्टोनियो रुडिगरले समान एक/एक गोल गरे । रोमाको लागि डोन्यल मालनले दुई गोल गर्दा मार्टिन डी रुनले एक गोल गरे । खेलको २० औँ मिनेटमा डी रुनले गोल गर्दै रोमालाई शुरुवाती अग्रता दिलाएका थिए ।
२५ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । ५१ औँ मिनेटमा मालनले गोल गर्दै रोमालाई २-१ गोलको अग्रता दिलाए । ६ मिनेटपछि मालनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ८२ औँ मिनेटमा इस्पीले गोल गर्दै म्याड्रिडलाई ३-२ गोलको स्थितिमा ल्याएका थिए । तीन मिनेटपछि एन्ड्रिकले गोल गर्दै म्याड्रिडलाई ३-३ गोलको बराबरीमा ल्याए ।
यस्तै ९० औँ मिनेटमा रुडिगरले गोल गर्दै म्याड्रिडलाई ४-३ गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड २ खेलबाट ६ अंक जोड्दै तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको रोमा २५ औँ स्थानमा रहेको छ ।
यस्तै गएरातिनै भएको अर्को खेलमा फ्रेन्च क्लब पीएसजीले म्यानचेस्टर सिटीलाई ४-२ गोलले पराजित गर्दा बोरुसिया डोर्टमण्ड बोडो/ग्लिम्टसँग १-० गोलले स्तब्ध बनेको हो ।
अन्य खेलको नतिजा
फेयेनोर्ड ३-२ कोमो
लास्क ३-६ लिभरपुल
एस्टन भिल्ला ६-० फेनेर्बासे
रियल बेटिस ३-२ एफसी पोर्टो
शाख्तर डोनेट्स्क ३-१ एइके एथेन्स
स्लोभान ब्राटिस्लाभा ०-३ स्टुटगार्ट
