काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । रसाइली ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
अर्का उम्मेदवार मानबहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
