फलाकु खोलामा सेनाले बनाएको एक्रो ब्रिज सञ्चालनमा

काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीमा एक्रो ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भार बहन क्षमताको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको हो । बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिजको नेपाली सेनाले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेको हो ।

एक्रो ब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ । भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *