प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सहज जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले फुल्हामलाई ३-० गोलले पराजित गरेको हो ।

क्राभेन कटेजमा भएको खेलमा सिटीलाई जित दिलाउन जोन स्टोन्स, गाब्रियल जेसस र सेर्जियो अग्वेरो एक/एक गोल गरे । सबै गोल दोस्रो हाफमा भएको थियो । ४७ औं मिनेटमा कान्सेलोको पासमा स्टोन्सले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए ।

५६ औं मिनेटमा जेससले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा अग्वेरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई ३-० गोलको सहज जित दिलाए । जितसँगै सिटीले शिर्ष स्थानमा १७ अङ्कको अग्रता लिएको छ । हाल म्यान्चेस्टर सिटी ३० खेलमा ७१ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । दुई खेल कम खेलेको म्यान्चेस्टर युनाइटेड ५४ अङ्कको साथ दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *