लोकाहा खोलाको पुरानो पुलमा सवारी आवागमन बन्द, नयाँ पुलबाट सञ्चालन

परासी । नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत प्रगतिनगर र कावासोतीको बीचमा अवस्थित लोकाहा खोला पुलको पुरानो पुलमा केही प्राविधिक समस्या देखिएकाले हाललाई उक्त पुलबाट सवारी आवागमन निषेध गरिएको छख।
तर, सोही स्थानमा निर्माण सम्पन्न भएको नयाँ पुलबाट सवारी साधनहरू निर्वाध रूपमा आवागमन गरिरहेका छन् ।

अतः समस्या पुरानो पुलमा मात्र रहेको र नयाँ पुलमा कुनै समस्या नरहेको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ । यस स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध नभई नयाँ पुलबाट सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *