कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवारी पाएकोमा गगनलाई प्रदीप पौडेलको बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक जिम्मेवारी प्राप्त गरेको भन्दै नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक संजालमार्फत पौडेलले कांग्रेसमा युग परिवर्तन गर्ने संकल्पसहित अघि बढेको उल्लेख गर्दै पार्टी रूपान्तरणको बाटो सहज नभए पनि चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

‘हामी युग बदल्ने संकल्प लिएर आएका छौँ। बाटो पक्कै सजिलो छैन। चुनौतीका पहाडहरू थुप्रै छन्। तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन,’ उनले भनेका छन्।

उनले बदलिएको कांग्रेसमार्फत देशमा परिवर्तन ल्याउनु नै पार्टीको मुख्य लक्ष्य र उपलब्धि हुनुपर्नेमा जोड दिएका छन्। साथै, इमानदार सहयात्रीका रूपमा आफू नवनिर्वाचित नेतृत्वसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *