काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता सकिएको छ ।
सभापति पदमा किशोर श्रेष्ठ, गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
खुला उपसभापतिका दुई पदमा नौ तथा समावेशी उपसभापतिको एक पदमा पाँचजनाको उम्मेदवारी परेको छ ।
महामन्त्रीको महिला एक पदमा तीन र खुला दुई पदमा आठजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । विभिन्न समूहका सहमहामन्त्री पदमा पनि उम्मेदवारी दर्ता भएको छ ।
