कांग्रेस उपसभापतिका लागि विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।

चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।

महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *