नेसन्स लिगमा पोर्चुगलको चौथो जित

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले लगातार चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा १०  पोर्चुगलले नर्वेलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन जाओ कान्सेलो र गोन्सालो रामोसले समान एक/एक गोल गरे । नर्वेको लागि क्रिस्टोफर अजेरले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा नर्वे पराजित हुन पुगेको हो ।

खेलको ३६ औँ मिनेटमा अजेरले गोल गर्दै नर्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए । ७९ औँ मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई २-१ गोलको जिततर्फ अगाडि बढाएका थिए । ८७ औँ मिनेटमा फ्रान्सिस्को कोंसेकाओ रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल २-१ गोलले विजयी भएको हो । जितसँगै पोर्चुगल ४ खेलबाट १२ अंक जोड्दै समूह ४ए को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको नर्वे पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *