दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १६.४७ अंकले घटेको हो । आज ३५७ वटा कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँमा .किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये ५० वटा कम्पनीको मूल्य बढ्दा २२३ वटाको घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३५ करोड ८२ लाख १६ हजार ४९५ रुपैयाँको सेयर कारोबार गर्यो ।

शिवम् सिमेन्टले २९ करोडको कारोबार गर्दा हाथवे इन्भेस्टमेन्ट नेपालले १९ करोड,सिद्धार्थ बैंकले १२ करोड र एसवाई प्यान नेपालले ११ करोडको कारोबार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *