काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनामा कानुनी प्रक्रिया र प्रमाणको महत्त्व औँल्याएकी छन् ।
सामाजिक संजालमार्फत दर्शनाले कसुर देखिए पक्राउ गर्न सकिने कानुनी व्यवस्था भएपनि पक्राउ गर्दा विधि र प्रक्रिया पालना गर्नुपर्ने बताएकी हुन् । आरोप मात्र पर्याप्त नहुने भन्दै उनले कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्,’कानुनको शासन भनेकै यही हो । अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन ।’
पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षित स्थानमा केही समयका लागि स्थानान्तरण गर्न पक्राउ गरिएको सन्दर्भ उल्लेख गर्दै दर्शनाले उनको सुरक्षामा सतर्कता बढाउन आग्रह गरेकी छन् । उनले कुनै पनि पुस्ता वा समूहबाट जबरालाई खतरा हुन नदिनुपर्नेमा जोड दिएकी छन् ।
