घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात प्रभावित

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान  माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित  भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *