काठमाडौं । पत्रकार सुशील शर्माको निधन भएको छ । लामो समय बीबीसीमा काम गरेका पत्रकार शर्माको शुक्रबार दिउँसो काठमाडौंमा निधन भएको हो ।
ठूलो आन्द्राको क्यान्सरबाट लामो समय पीडित शर्माको ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । शर्माका श्रीमती र एक छोरा छन् ।
