नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार(भिडियो)

पश्चिम नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलामा डुबान भएको छ ।

शनिबार बिहान ८ः४० बजे नदीको बहाव बढेर बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल, बीओपी सुस्ताको टोलीले डुबानमा परेका २५ जना स्थानीयवासी र पशुचौपायाको उद्धार गरेको हो ।

उद्धार गरिएका स्थानीयवासीलाई सोही स्थानमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *