एसियाली खेलकुद : जापानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, खेल १५ ओभरको हुने

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटतर्फको आज हुने खेलमा नेपालले घरेलु टोली जापानविरुद्ध टस हारेको छ । कोरोगी एथ्लेटिक पार्कमा केहिबेरमा शुरु हुने खेलमा जापानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

टस लगत्तै वर्षा भएपछि खेल शुरु हुन सकेको छैन । खेल नेपाली समय अनुसार ६:४५ बजे शुरु हुनेछ । अब खेल १५/१५ ओभरको हुनेछ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह एरी(कप्तान), सन्दीप जोरा, गुलसन झा, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *