नेपालको पुनःस्थापनामा अस्ट्रेलिया साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

काठमाडौँ । विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि नेपाल पुनःस्थापना र पुनर्निर्माणको चरणमा अघि बढिरहेका बेला अस्ट्रेलियाले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्री बालेन साहसँग भेट गर्दै अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले विपद्बाट प्रभावित नेपालीप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

उनले हालसम्म अस्ट्रेलियाले नेपालमा गरिरहेको सहयोगबारे प्रधानमन्त्री साहलाई जानकारी गराउँदै आवश्यकताअनुसार थप सहयोगका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढी तथा विपद्मा प्रभावित भएका र ज्यान गुमाएका व्यक्तिका परिवारप्रति सहानुभूति व्यक्त गर्दै अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति पनि समवेदना प्रकट गरेका छन्।
उनले नेपाललाई आवश्यक पर्ने क्षेत्रमा सहयोग पुर्याउन अस्ट्रेलिया निरन्तर सहकार्यमा रहने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *