एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना  हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छ्न ।

अगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *