प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  १३ अर्ब ६८ करोड जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८  करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात छ ।

यसअघि  कोषबाट बाढी प्रभावित क्षेत्रका लागि  एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *