काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले युएईलाई ३ सय १४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको हो ।
नेपालको लागि आसिफ शेखले सतक र गुलसन झाले अर्धसतक पूरा गरे । उनले १ सय ६ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । यस्तै गुलसन ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५२ रन बनाउँदा अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह एरीले १८, बासिर अहमदले १५ र इशान पाण्डेले १३ रन बनाए ।
युएईको लागि इब्रार अहमदले ८ ओभर मा ६२ रन बनाउँदै ४ विकेट लिए । यस्तै खुजाइमा तान्भिरले दुई तथा हाइडेर अली र अदेब उस्मानीले समान एक/एक विकेट थिए । अब युएईले जवाफी ब्याटिङ गर्नेछ ।
