एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसीसी प्रिमियर कप-२०२६ को फाइनल खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा केहिबेरमा शुरु हुने फाइनलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । देव खनाल र शेर मल्ल सेटमा बाहिरिँदा अजुन कुमाल र सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन् ।

नेपालको प्लेइङ  ११ :- आसीफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, बासिर अहमद, गुलसन झा, करण केसी, सन्दीप लामिछाने(कप्तान), ललित राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *