ओमानलाई हराउँदै नेपाल प्रिमियर कपको फाइनलमा

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । बिहीबार दिउँसो भएको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले  पराजित गर्दै नेपालले फाइनलमा हङकङसँग भेट पक्का गरेको हो ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा अलआउट हुँदै ६० रनमा समेटिएको हो । ओमानको लागि जतिन्दर सिंहले २५ र जितेन रमनान्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह एरीले तीन/तीन विकेट लिंदा ललित नारायण राजवंशी र रोहित कुमार पौडेलले दुई/दुई विकेट लिए ।

यसअघि क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । नेपालको लागि दीपेन्द्र सिंह एरीले अर्धसतक बनाए । उनले ७६ बल खेल्दै ४ चौका प्रहार गरे । यस्तै बासिर अहमदले ४७, देव खनालले १३ र आसिफ शेखले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

ओमानको लागि जय विराम ओडेडारा र  हसैन शाहले तीन/तीन विकेट लिंदा उहम्म्द उम्रानले दुई तथा शकिल अहमद र मुजिबुर अलीले समान एक/एक विकेट लिए ।

फाइनल खेल शुक्रबार हुनेछ । उक्त खेलको विजेताले आगामी वर्ष हुने एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *