एजेन्सी । फरवार्ड फेरान टोरेसले ह्याट्रिक गरेपछि दुईपटकको साविक विजेता पेरिस सेन्ट जर्मन(पीएसजी)ले युईएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा स्लोभान ब्राटिस्लाभालाई ६-१ गोलले हराउँदै पीएसजीले प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीलाई जित दिलाउन टोरेसले ह्याट्रिक पूरा गर्दा ओसुमाने डेम्बेलेले दुई र फाबियन रुइजले एक गोल गरे । स्लोभानको लागि सुलेइमान कामाराले एक गोल गरे । खेलको १७ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
२३ औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ३१ औँ मिनेटमा टोरेसले गोल गर्दा पीएसजीले पहिलो हाफमा ३-० गोलको अग्रता लिएको थियो । ४७ औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अगाडि बढाएका थिए ।
१० मिनेटपछि टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर पीएसजीलाई ५-० गोलको अग्रता दिलाएका थिए । दुई मिनेटपछि कामाराले पाहुना टोलीको लागि शान्तावना गोल गरे । यस्तै ८८ औँ मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई ६-० गोलको जित दिलाएका हुन् ।
गएरातिनै भएको अर्को खेलमा बार्सिलोनाले फेयेनोर्डलाई ५-१ गोलले पराजित गरेको हो । यस्तै इंग्लिस क्लब लिभरपुलले पनि एट्लेटिको म्याड्रिडमाथि २-१ गोलको जित निकालेको हो ।
