मुस्लिम ब्रदरहुडका दिवङ्गत नेताको छोराको सजाय मिनाहा

दुबई । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदले शुक्रबार मुस्लिम ब्रदरहुड आन्दोलनका दिवङ्गत आध्यात्मिक नेताका छोराको सजाय मिनाह गरेका छन् । उनलाई लेबनानबाट सुपुर्दगी गरी १० वर्ष जेल सजाय सुनाइएको थियो ।

एक मिश्री विपक्षी कार्यकर्ता र कवि अब्दुल रहमान युसुफ अल–कारदावीलाई सन् २०२५ जनवरीमा सुपुर्दगी गरिएको थियो भने उनलाई गत हप्ता १० बर्षको जेलसजाय सुनाइएको थियो । मुस्लिम ब्रदरहुडलाई इजिप्ट (मिश्र) र यूएईमा ‘आतङ्कवादी समूह’ को रूपमा कालोसूचीमा राखिएको छ ।

“आज सम्माननीय राष्ट्रपतिद्वारा अब्दुल रहमानका लागि क्षमादान जारी गरिएको छ,” संयुक्त अरब इमिरेट्सको समाचार संस्था डब्ल्यूएएमले राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिलाई उदृत गरी लेखेको छ।

अबु धाबी सङ्घीय पुनरावेदन अदालतले कारदावीलाई १० वर्ष जेल र जरिवानाको सजाय सुनाएको थियो । उनीविरूद्ध ‘सार्वजनिक सुरक्षामा हलचल र कमजोर पार्ने गतिविधि’ गरेको अभियोग सामना गरिरहेका थिए ।

युसुफ अल–कारदावीका छोरा अब्दुल रहमान सन् २०२४ को अन्त्यमा सिरियाबाट आएपछि लेबनानमा पक्राउ परेका थिए । यो पक्राउ मिश्रको फैसलासँग जोडिएको थियो जसमा उनलाई लेबनानमा पनि ‘राज्य विरोधी र आतङ्कवाद उक्साउने गतिविधि’ गरेको आरोपमा पाँच वर्ष जेल सजाय दिइएको लेबनानी अधिकारीहरूले त्यस समयमा उल्लेख गरेका थिए ।

एक लेबनानी न्यायिक अधिकारीका अनुसार मिश्र र यूएई दुवैले लेबनानबाट उनको सुपुर्दगी मागेका थिए ।
राजतन्त्रात्मक यूएईमा मुस्लिम ब्रदरहुड र यसको सुन्नी इस्लामबादी राजनीतिक समूह शिया इस्लामको कट्टर विरोधी समूह हो, जसले सन् २०११ को अरब बसन्त नाम दिइएको प्रजातन्त्र समर्थक विरोध प्रदर्शनपछि प्रभाव बढाएको थियो ।

अब्दुल रहमान अल–कारदावी लामो समयदेखि इजिप्टका नेता भई २०११ मा अपदस्थ भएका होस्नी मुबारकको सरकारविरुद्ध सशक्त राजनीतिक समूह थियो ।

उनका बुबा युसुफ अल–कारदावी मुस्लिम ब्रदरहुडसँगको सम्बन्धका कारण मिश्रमा धेरै पटक जेल परेका थिए । कतारमा दशकौँ लामो निर्वासनमा बसेपछि उनको सन् २०२२ मा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *