ठूलो संख्यामा गृहका सहसचिव र उपसचिवहरूको सरुवा(सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा सहसचिव र उपसचिवहरूक ो सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ ।

यसैगरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगा बहाहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *