कांग्रेस सभापति थापा बाढी प्रभावित रसुवामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । सभापति थापा आज भोटेकोसी बाढीले पुर्याएको क्षतिको जानकारी लिन आज बिहान रसुवा पुगेका हुन् ।

सभापति विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–३ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *