काठमाडौँ । त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सुरुङभित्र उद्धारका क्रममा एक शव फेला परेको छ ।
सशस्त्र प्रहरीका हवल्दार पवन तामाङ सुरुङभित्रसम्म पुगेर फर्किएका थिए ।
उनले सुरुङभित्र एक शव फेला परेको बताएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि दुई जनाको जीवितै उद्धार गरिएको स्थानमा सशस्त्र प्रहरीका डीएसपी अमृत थापाको कमान्डमा १८ जना सदस्यीय विशेष टोलीले विगत १० दिनदेखि उद्धार कार्य गरिरहेको छ।
उद्धारमा कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सिएसएसआर) टोलीसमेत परिचालन गरिएको छ । सिएसएसआर सशस्त्र प्रहरीको विशेष उद्धार टोली हो, जसले भत्किएका तथा भग्नावशेषमा पुरिएका संरचनाबाट मानिसको खोजी तथा उद्धार गर्ने कार्य गर्छ।
