त्रिशूली थ्रि ए को सुरुङभित्र मानिसको आवाज सुनियोः सांंसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको बताएका छन् । उनका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको उनले जानकारी दिए ।

उनले भनेका छन्, ‘त्रिशूली थ्रि ए मा उद्दार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।’

इन्जिनियरसमेत रहेका न्यौपाने सुरुङमा फसेकाहरुको उद्धारमा सुरुदेखि नै जुटेका छन् । उनले भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको जानकारी दिएका छन् ।

नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *