विपदसँग जुध्न सरकारलाई वर्षमानका १८ सुझाव

काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

उनीहरुबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीसँगको भेटमा आफूले विपदसँग जुध्न विभिन्न १८ वटा सुझाव दिएको नेता पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *