काठमाडौं । चीनले नेपालका लागि तेस्रो चरणको राहत सामग्री पठाउने तयारी गरेको छ । चीनले पठाउने तयारी गरेको राहत सामग्रीमा बेलीब्रिज, शव राख्ने रेफ्रिजरेटर, महामारी रोकथामका सामग्री तथा आपतकालीन सञ्चार उपकरण रहेका छन् ।
चीनले विपद् प्रभावित क्षेत्रमा अलपत्र परेका सीमावर्ती बासिन्दा तथा तीर्थयात्रीलाई स्थल तथा हवाईमार्गमार्फत चीनबाट बाहिरिनसमेत सहयोग गरिरहेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले बुधबार बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलाई विपद्का कारण सम्पर्कविहीन भएका विदेशी नागरिकहरूको पहिचान तथा अवस्थाबारे जानकारी गराउन ब्रिफिङ गरेको थियो । चीनले विपद्सम्बन्धी पछिल्ला विवरण तथा उद्धार र राहत प्रयासबारे निरन्तर जानकारी उपलब्ध गराउने जनाएको छ।
