काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप अन्तर्गत आज हुने खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
नेपाल आज दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको थियो ।
नेपालको प्लेइङ ११ :- अर्जुन कुमाल, आसिफ शेख, इशान पाण्डे, देव खनाल, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह एरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने(कप्तान), हेमन्त धामी, ललित राजवंशी
