सुनको मूल्यमा आठ हजार ८०० गिरावट

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *