काठमाडौं । नेपाली बजारमा सुनको भाउ एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ ।
