एकसय ८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना पर्यटक अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ३ जना पर्यटक सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेका जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको संयुक्त समन्वयमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

उद्धार गरिएका र सम्पर्कमा आएका कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना नागरिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *