काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन् ।
विदेशमन्त्री रुबियोले सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावित नेपाली जनताको पक्षमा आफूहरू एकजुट रहेको र उनीहरूका लागि प्रार्थना गरिरहेको बताएका हुन् । उनले अमेरिकी विदेश मन्त्रालय नेपाल सरकारलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तयार रहेको पनि स्पष्ट पारेका छन् ।
We express our solidarity and are united in prayer for the Nepali people following the devastating floods. @StateDept stands ready to support the Government of Nepal with needed humanitarian assistance.
— Secretary Marco Rubio (@SecRubio) August 26, 2026
