काठमाडौं । रसुवा जिल्ला तथा तल्लो तटीय क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
दूतावासले बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेको छ।
दूतावासले घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।
