भोटेकोसी बाढीका कारण ४३१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद

काठमाडौँ । भोटेकोसीमा आएको बाढीका कारण १२ जलविद्युतगृहमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोसीमा आएको बाढीका कारण६वटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको र बाँकी जलविद्युतगृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।

प्रवक्ता ढकालका अनुसार अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिसुली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रतक्ष्य क्षति पुगेको छ ।

११ जलविद्युतगृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताए । बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *