काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले परराष्ट्रमन्त्री शिशिर खनालसँग आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सचिव राईले मन्त्री खनालसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् । मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने, प्रमुख उपलब्धि हासिल गर्ने तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह गर्ने प्रतिबद्धतासहित सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख, महानिर्देशकहरू तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) का कार्यकारी निर्देशकले पनि परराष्ट्र सचिव राईसँग आ–आफ्नो वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्।
