एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा इस्पानियोलमाथि २-१ गोलको संघर्षपूर्ण जित निकाल्दै म्याड्रिडले लिगमा सुखद शुरुवात गरेको हो ।
आरसीडीइ स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम र कार्लोस इस्पीले समान एक/एक गोल गरे । इस्पानियोलको लागि एलेक्स कालाट्राभाले एक गोल फर्काए । खेलको नवौं मिनेटमा गुलेरको क्रसमा बेल्लिन्घामले हेडर गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
३० औँ मिनेटमा जाभी हेर्नान्डेजको पासमा कालाट्राभाले गोल गर्दै इस्पनियोललाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा इस्पीले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको जित दिलाएका हुन् । जितसँगै म्याड्रिडले तीन अंक जोडेको छ ।
