रास्वपाले पुरुषोत्तम यादवलाई बनायो सहमहामन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहममन्त्रीको जिम्मेवारी दिएको हो ।

उनी केन्द्रीय सदस्यमा पनि आजै मनोनित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट तीनजना नेताहरू सहममन्त्रीमा निर्वाचित भएका थिए ।

जसमा निशा डाँगी हरि ढकाल र असिम शाह छन् । पार्टीको विधानमा पाँचजना सहममन्त्री रहने व्यवस्था छ । अब एक सहममन्त्री टुङ्गो लाग्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *