दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ । दाङमा ट्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुकी ८ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु। प्र। ०२–००१ ह १९२९ नम्बरको अटो आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक दाङको घोराही उपमहानगरपालिका–५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा बिहीबार बिहान २स्४५ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ ।

ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका–१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *