काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० शृंखलाका लागि नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ । आइतबार आयोजित बिदाइ कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद दासलगायतको उपस्थिति थियो ।
नेपाल ‘ए’ टोली सोमबार राति अस्ट्रेलिया प्रस्थान गर्नेछ । डार्बिनमा अगस्ट २१ देखि ३० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।
नेपालले प्रतियोगिताको पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले यसअघि पनि टप एन्ड टी–२० शृंखलामा सहभागिता जनाएको थियो ।
टी–२० शृंखला सकिएपछि नेपाली टोलीले अस्ट्रेलियामै हुने त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा पनि सहभागिता जनाउनेछ । उक्त शृंखलामा नेपालले साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल ‘ए’ टोली : अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्रे ।
