चितवनमा बस्तीमा पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका छन् ।

घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । बाघले सोही स्थान निवासी दिला कुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो ।

बस्तीमा पसेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति सरक्षण कोषका कर्मचारी प्राबिधिकहरूले हात्तीको सहितको टोली खटिएको थियो। टोलीले उक्त बाघलाई करीब साढे ११ बजेक नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ। पछिल्लो समय चितवनको मध्यवर्ती तथा बस्ती नजिकका क्षेत्रमा बाघ देखिने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थापनमा थप ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *