सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टसहित तीन मन्त्रीले लिए शपथ

सुदूरपश्चिम । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । त्यस्तै, प्रदेश प्रमुख मियाँले एमालेबाट नियुक्त भएका तीन मन्त्रीलाई पनि शपथ गराएका छन् ।

एमालेबाट आर्थिक मामिलामन्त्री बनेका चक्र मल्ल, सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले शपथ ग्रहण गरेका हुन् ।

यस्तै, मुख्यमन्त्री भट्टले एमालेबाट आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी पाएकी जानकी ऐरलाई शपथ खुवाएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट बन्ने तीन मन्त्रीको भने टुंगो लागेको छैन ।

धनगढी, २९ साउनः सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ । प्रदेश प्रमुख नाजिर मियाले तिनै पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। शपथग्रहण गर्ने मन्त्रीहरुमा सन्तोस सर्मा थापा सामाजिक विकासमन्त्री,चक्र मल्ल आर्थिक मामिलामन्त्री र दमन भण्डारी भूमि व्यवस्था तथा सहकारीमन्त्रीको जिम्मेवारी पाएका छन् । तस्बिरः रमा चन्द÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *