काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा विवेक बराल नियुक्त

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन साहले बराललाई शुक्रबार विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् ।

उपकुलपति सिफारिस समितिले बराल सहित प्रा.डा.बालचन्द्र लुइँटेल, र प्रा.डा.राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो ।

उनले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *