काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरको राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहदुर देउवा पुगेका छन् । सुकेधारमा रहेको मिराकल पार्टी भेन्युमा भइरहेको भेलाको प्रमुख अतिथिको रूपमा देउवा सहभागी भएका हुन् । भेलाको देउवाले उद्घाटन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा १३ फागुनमा सिंगापुर गएकोमा बिहीबार स्वदेश फर्किएका थिए । सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादलाई पुनरावलोकन गर्न अनुमति दिएसँगै संस्थापन इतरसमूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राष्ट्रिय भेला आयोजना गरेको हो ।
भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायतका नेताहरू सहभागी छन्।
