कांग्रेस गगन थापाको नेतृत्वमा नै अगाडि बढ्छः सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी नेतृत्वमा गगन थापाको विकल्प नभएको बताएकी छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा शुक्रबार बोल्दै कोइरालाले गगन थापाको नेतृत्वमा नै कांग्रेस अगाडि बढ्ने बताएकी हुन् । उनले कांग्रेसलाई कमजोर बनाउन अहिले पनि षड्यन्त्र भइरहेको बन्दै उनले पार्टी मिलाउनको लागि दुवै पक्षले लचिलो हुनुपर्ने बताइन् ।

उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकतालाई पहल गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब शेरबहादुरजी आउनुभएको छ, उहाँले पार्टीलाई एकता गर्छु, भन्नु भएको छ । तर बोलेर हुँदैन, पार्टीलाई एकता गरेर कति कुरा उहाँहरूले पनि छोड्नुपर्छ। यतापनि नेपाली कांग्रेसको सभापति लचिलो हुनुभएको छ, उहाँ धेरै लचिलो भएर जानुभएको छ र त्यसको पनि म प्रशंसा गर्न चाहन्छु। मैले सोचेको थिएन उहाँ यति लचिलो बनेर पार्टी मिलाउनको लागि धेरै प्रयास गर्नुभयो ।’

इतर समूहका नेताहरूलाई लक्षित गर्दै उनले समयको पदचाप बुझ्न र विग्रहको बाटो त्यागेर पार्टी सुदृढीकरणमा लाग्न अनुरोध गरिन्। पद र प्रतिष्ठाको व्यक्तिगत टकरावले कसैको हित नगर्ने स्पष्ट पार्दै उनले वैधानिक नेतृत्वलाई साथ दिएर पार्टीलाई थप एकताबद्ध, जुझारु र जनप्रिय बनाउन सबै तहका नेता–कार्यकर्ताहरूलाई आह्वानसमेत गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *