एस्टन भिल्लालाई हराउँदै पीएसजीले जित्यो सुपर कपको उपाधि

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २-१ गोलले पराजित गर्दै पीएसजीले लगातार दोस्रोपटक सुपर कपको उपाधि जितेको हो ।

रेड बुल एरिनामा भएको खेलमा पीएसजीलाई जित दिलाउन ख्विचा क्भाराट्स्खेलिया र डेसिर डोएले समान एक/एक गोल गरे । एस्टन भिल्लाको लागि ब्रायन माड्जोले एक गोल फर्काए । खेलको २० औँ मिनेटमा डोएको पासमा क्भाराट्स्खेलियाले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा माड्जोले गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याए ।

६१ औँ मिनेटमा डेम्बेलेको पासमा डोएले गोल गर्दै पीएसजीलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी २-१ गोलले विजयी भएको हो ।

सुपर कपको उपाधिको लागि च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच प्रतिस्पर्धा हुन्छ । पीएसजीले गत सिजन आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने भिल्लाले फ्रेइबर्गलाई ३-० गोलले हराउँदै युरोपा लिगको उपाधि चुमेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *