कङ्गोमा इबोला भाइरसबाट दुई हजार भन्दाबढीको मृत्यु

कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ। यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो।

अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उदृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ। मङ्गलबारसम्म कङ्गोका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ११ जनाको मृत्यु भएको जनाइएको छ।

महामारीको तीव्र गतिमा बढिरहेको छ भने अन्तरराष्ट्रिय अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपिल गरेका छन्। संयुक्त राष्ट्र सङ्घीय आपतकालीन राहत संयोजकद्वारा नियुक्त वरिष्ठ इबोला संयोजक जुलियन हार्नेसले सामाजिक सञ्जाल एक्समा सङ्क्रमणका कारण बढ्दो मानव मृत्युलाई प्रष्ट पारेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पूर्वाधार सुदृढीकरण गर्न, लिटामा डब्ल्यूएचओद्वारा निर्मित उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लगायत मानवीय साझेदारसँगै स्वास्थ्य मन्त्रालयले समर्थन गरेको जनाइएको छ।

गत हप्ता, रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (अफ्रिका सीडीसी) र डब्ल्यूएचओले संयुक्त रूपमा डीआरसीमा समुदाय नेतृत्वको प्रतिक्रियाको तत्काल विस्तारको लागि आह्वान गरेका थिए।

डब्ल्यूएचओका अनुसार अगस्ट ४–५ मा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेया र अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीको नेतृत्वमा युगान्डा र डीआरसीको संयुक्त उच्चस्तरीय मिसन पछि यो प्रयास भएको जनाइएको छ।

इबोला रोग एक भाइरल रक्तस्रावी ज्वरो हो जुन इबोला भाइरसको बुन्डिबुग्यो भाइरस स्ट्रेनको सङ्क्रमणबाट हुन्छ। यो उच्च मृत्युदर भएको गम्भीर रोग भएको जनाइएको छ हालसम्म बुन्डिबुग्यो भाइरसले गर्दा हुने इबोला रोगलाई रोक्न वा उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *