सुनसरी र सिरहामा भएका घटनामा मारिएकालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएका घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

सुनसरीमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।

त्यस्तै बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *